स्कटल्याण्डबाट एउटा अनौठो र सनसनीपूर्ण घटना बाहिरिएको छ, जसले सबैलाई चकित बनाएको छ। बिहेको तयारीमा रहेकी क्रिस्टिना मार्क नामकी युवतीले आफ्नो हुने ससुरा आफ्नै पूर्वप्रेमी भएको थाहा पाएपछि उनको जीवनमा ठूलो भूकम्प आएको छ।
पोडकास्टमा आफ्नो कथा सुनाउँदै क्रिस्टिनाले यो घटनाको खुलासा गरेकी हुन्। उनले केही समयअघि अनलाइन डेटिङ एपमार्फत एक युवकसँग सम्पर्क सुरु गरेकी थिइन्। कुराकानीबाट सुरु भएको सम्बन्ध मित्रतामा बदलियो र पछि प्रेममा परिणत भयो। दुवैले बिहे गर्ने निर्णय गरे, र सबै कुरा सपनाजस्तै चलिरहेको थियो। तर, मंगेतरले आफ्ना आमाबुवासँग भेट गराउने योजना बनाउँदा एउटा अपत्यारिलो सत्य बाहिर आयो।
जब क्रिस्टिना युवकका बुबालाई भेट्न गइन्, उनले तुरुन्तै आफ्नो पूर्वप्रेमीलाई चिनिन्। “उहाँ उमेरले खासै बूढो देखिनुहुन्न, त्यसैले मैले उहाँलाई पहिले डेट गरेको थिएँ,” उनले भनिन्। यो खुलासाले क्रिस्टिना स्तब्ध भइन्, र उनको मंगेतरसँगको सम्बन्धमा तनाव सिर्जना भएको छ। परिवारभित्र पनि ठूलो हंगामा मच्चिएको छ।
एकातिर मंगेतरप्रतिको माया र अर्कोतिर विगतको यो तितो सत्यले क्रिस्टिनालाई गहिरो भ्रममा पारेको छ। यो जोडीको सम्बन्ध यो आँधीपछि कायम रहन्छ वा टुंगिन्छ, त्यो उनीहरूको निर्णयमा निर्भर छ। यो अनौठो संयोगले सामाजिक सञ्जाल र बाहिर चर्चाको विषय बनेको छ।
२८ चैत्र २०८१, शुक्रबार १७:४५