७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ ग्लोबल गफ चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

चीनले आपत्कालीन अवस्थामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । यो ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चिनियाँ विज्ञान अकादमी तथा अरू साझेदार संस्थाको सहकार्यमा गरेको हो ।

यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरण जडान गरिएको छ । कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर हुआङ युहङका अनुसार, यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ ।

यो ड्रोनको तौल ६०० किलोग्राम छ । यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि छ । यसले गर्दा विपद् वा महामारीका बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ ।

हुआङले भने, “हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपत्कालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौँ ।” 

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार १५:०१

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio