७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ देश खबर राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा त पशुपतिका बाँदरलाई बनायो भने राम्रो : प्रधानमन्त्री

राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा त पशुपतिका बाँदरलाई बनायो भने राम्रो : प्रधानमन्त्री

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनको हिंसात्मक गतिविधिको कडा आलोचना गरेका छन्। शनिबार झापामा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै उनले राजावादीहरूलाई लक्षित गरी कटाक्षपूर्ण टिप्पणी गरे।

“तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौँ भन्थे, केको सभा गर्थे?” ओलीले भने, “आगजनी, तोडफोड, ढुंगा-मुढा, घर फोड्ने, उद्योगमा आगो लगाउने, पसल लुट्ने, रक्सीको बोतल र स्याउ चोरेर भाग्ने, औषधि कारखानामा आगो लगाउनेहरूले देश बनाउँछन्?” उनले राजावादीको प्रदर्शनलाई क्रान्ति वा परिवर्तनको नाममा अराजकता फैलाउने कार्यको संज्ञा दिए।

प्रधानमन्त्री ओलीले राजावादीहरूलाई मन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो हुने भन्दै व्यंग्य गरे। “राजा फर्काउने रे, अनि यिनीहरू प्रधानमन्त्री, मन्त्री बन्ने रे। यिनलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ,” उनले थपे।

उनले हिंसा, तोडफोड र आगजनी अब स्वीकार्य नहुने चेतावनी दिँदै देशलाई संविधान र कानुनअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “तोडफोड, आगजनी, हिंसा, हत्या– यस्ता कुरा अब चल्दैन। देश संविधान र कानुनको बाटोमा अगाडि बढ्छ,” उनले भने।

यो सम्बोधनले तीनकुने प्रदर्शनमा भएको हिंसाप्रति ओलीको कठोर अडान र राजावादी आन्दोलनप्रति उनको असहमति प्रष्ट भएको छ। यसले राजनीतिक वृत्तमा थप बहस निम्त्याउने देखिन्छ।

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार १५:३२

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio