७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ ग्लोबल गफ “संविधानअनुसार म नै बंगलादेशको प्रधानमन्त्री हुँ, युनुसको शक्तिको कुनै वैधता छैन,”शेख हसिना

“संविधानअनुसार म नै बंगलादेशको प्रधानमन्त्री हुँ, युनुसको शक्तिको कुनै वैधता छैन,”शेख हसिना

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाटै मोहम्मद युनुसको अन्तरिम सरकारमाथि ठाडो आक्रमण गरेकी छन्। मंगलबार अवामी लिगका कार्यकर्तालाई अनलाइन सम्बोधन गर्दै उनले युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश नभएको बताइन्। “मैले सबै छोडेर देश छोडेँ भन्ने नसोच्नू, संविधानअनुसार म नै बंगलादेशको प्रधानमन्त्री हुँ, युनुसको शक्तिको कुनै वैधता छैन,” उनको जिकिर छ।

हसिनाले गत वर्षको हिंसात्मक विद्यार्थी आन्दोलनपछि अगस्टमा बंगलादेश छोडेर भारत आएकी थिइन्। त्यसयता बंगलादेशले उनको सुपुर्दगी मागिरहेको छ। उनले युनुसले विदेशी कोष र ‘सुव्यवस्थित योजना’ मार्फत सत्ता हत्याएको आरोप पनि लगाइन्। साथै, अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागको कडा विरोध गरिन्। “यस्तो माग गर्नेको साहसले मलाई अचम्म लाग्छ,” उनले भनिन्।

उनले बंगबंधु शेख मुजीबुर रहमानको योगदान सम्झाउँदै अवामी लिगले बंगलादेशको स्वतन्त्रतामा खेलेको भूमिका कसैले नभुल्नुपर्ने बताइन्। तर, यो भाषणमा बंगलादेश सरकारबाट अहिलेसम्म कुनै जवाफ आएको छैन। यो गफले त बंगलादेशको राजनीति फेरि तात्ने संकेत देखायो नि! अब युनुसको सरकारले कसरी जवाफ दिन्छ, हेर्न बाँकी छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार १३:०१

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio