७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ देश खबर प्रसाईं पक्राउपछि गृहमन्त्री भन्छन्- अनुसन्धान जारी छ, अझै अरू पनि तानिन्छन्

प्रसाईं पक्राउपछि गृहमन्त्री भन्छन्- अनुसन्धान जारी छ, अझै अरू पनि तानिन्छन्

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

गृहमन्त्री रमेश लेखकले चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्नहरूलाई पक्राउ गर्ने र अनुसन्धान गर्ने कार्य जारी रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले मुख्य आरोपी दुर्गा प्रसाईं पक्राउ परिसकेको र अन्य अभियुक्तहरूलाई पनि पक्राउ गर्ने प्रक्रिया चलिरहेको जानकारी दिए।

मन्त्री लेखकले सरकारले तीनकुने घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने र बाहिरबाट औषधि किन्नुपरे पनि त्यसको व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताए। “घाइतेहरूलाई अस्पतालमै भेटेर मैले अवस्था बुझेको छु,” उनले भने। साथै, घटनामा मृत्यु भएका दुवै व्यक्तिका परिवारलाई राहतस्वरूप १०-१० लाख दिने निर्णयको प्रक्रिया अघि बढिसकेको उनले खुलाए।

उनले प्रदर्शनलाई संविधान च्यात्ने र लोकतान्त्रिक व्यवस्था मास्ने नियोजित प्रयासको रूपमा व्याख्या गरे। “लोकतन्त्रमा आगजनी गरेर निरंकुशताको खोजी गर्नु उचित होइन, हिन्दु धर्मजस्तो उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिमा प्रयोग गर्नुहुँदैन,” उनले जोड दिए। लोकतन्त्रमा असन्तुष्टि राख्ने ठाउँ भए पनि पछाडि फर्कने व्यवस्था स्वीकार्य नहुने उनको भनाइ थियो।

“यो घटना आतंक र अराजकता फैलाउने आपराधिक कार्य हो भन्नेमा कुनै विवाद छैन। यस्ता घटना रोक्न सरकार गम्भीर छ,” मन्त्री लेखकले भने। उनको यो भनाइले तीनकुने प्रकरणमा सरकारको कठोर अडान र अनुसन्धानको दायरा फराकिलो बनाउने संकेत गरेको छ।

nepali_post_date post_date=’2025-04-11 17:54′]

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio