७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ कामको कुरा तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको आर्थिक सहयोग र रोजगारी

तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको आर्थिक सहयोग र रोजगारी

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

तीनकुनेको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केटले आर्थिक सहयोग गरेको छ। चैत १५ मा राजावादीहरूले कोटेश्वरको भाटभटेनी स्टोरमा लुटपाट र तोडफोड गरेका थिए, तर अहिले सुपरस्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले उदारता देखाएका छन्।

उनले पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गरेका छन्। चैत २० मा एक कार्यक्रममा उनले पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने घोषणा गरेका थिए। आज त्यही वाचा पूरा गर्दै रजकको घरमा ५ लाख र महर्जनको घरमा ३ लाख हस्तान्तरण गरेका छन्। भाटभटेनीका सीओओ पानु पौडेलले यो कुरा पुष्टि गरेका छन्।

यति मात्र होइन, सविनकी श्रीमती भविसालाई रोजगारी पनि दिने भएको छ। पौडेल भन्छन्, “उहाँले १२ कक्षा पास गर्नुभएको रहेछ। उहाँको सीपअनुसार उपयुक्त ठाउँ हेरेर जागिर दिने सल्लाह भयो।”

यो कदमले हिंसाको घाउमा मलम लगाउने कोसिस गरेको जस्तो देखिन्छ। घटनापछि भाटभटेनीले यस्तो सहयोग गर्नुले धेरैको मन जित्न सक्छ कि! अब यो गफ कता मोडिन्छ, हेर्दै जाऔँ!

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार १२:४७

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio