सरकारले भनिराछ – एमाले र कांग्रेसबीच भागबण्डा नमिलेर नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्ने कुरा झुटो हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले “यो आरोप मात्रै हो, भागबण्डामा कुनै समस्या छैन” भनेर स्पष्ट पारेका छन्।
उनको दाबी छ – राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउँछ। पछिल्लो क्याबिनेट बैठकको कुरा सुनाउँदै मन्त्रीले भने, “दुई पार्टीको भागबण्डा नमिलेर ढिलो भयो भन्ने सत्य होइन।” सिफारिस कमिटी बनेर काम गरिरहेको र नयाँ गभर्नर नआउन्जेल डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक बनाइसकेकाले काम नरोकिने उनको जिकिर छ।
यो गफले त सरकारको कुरा त सुनायो, तर गभर्नर किन ढिला भइराछ भन्ने रहस्यचाहिँ अझै खुल्न बाँकी जस्तो छ। अब कमिटीले कति चाँडो काम गर्छ, हेर्दै जाऔँ!
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार १२:३८