५ बैशाख २०८३, शनिबार
गृहपृष्ठ खेल-खल्लास कुशल भुर्तेलले तोडे दीपेन्द्रको राष्ट्रिय कीर्तिमान

कुशल भुर्तेलले तोडे दीपेन्द्रको राष्ट्रिय कीर्तिमान

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले हङकङमा जारी चारदेशीय टी-२० सिरिजमा शानदार प्रदर्शन गर्दै अलराउन्डर दीपेन्द्र सिंह ऐरीको राष्ट्रिय कीर्तिमान तोडेका छन्। बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ५० बलमा ८१ रनको विस्फोटक इनिङ्स खेल्दै भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी अर्धशतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए। यसअघि यो कीर्तिमान दीपेन्द्रको नाममा थियो, जसले १० अर्धशतक बनाएका थिए। कुवेतविरुद्धको अर्धशतकसँगै भुर्तेलको अर्धशतक संख्या ११ पुगेको छ।

भुर्तेल र दीपेन्द्रको तुलना

५४ टी-२० खेल खेलेका भुर्तेलले एक शतक (नटआउट १०४) र ११ अर्धशतक बनाएका छन् भने ६६ इनिङ्समा ब्याटिङ गरेका दीपेन्द्रको नाममा एक शतक (नटआउट ११०) र १० अर्धशतक छ। लामो समय खराब लयबाट गुज्रिएका भुर्तेलले हङकङ यात्रामा भने उत्कृष्ट फर्म देखाएका छन्।

कुवेतविरुद्ध नेपालको ऐतिहासिक जित

बिहीबारको खेलमा कुवेतले पहिले ब्याटिङ गर्दै १८५ रन बनाएको थियो। १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा जित हासिल गर्‍यो। यो खेल नेपाल र कुवेतबीच टी-२० मा अहिलेसम्मकै उच्च स्कोर बनेको खेल बन्यो, जहाँ दुवै टोलीले कुल ३७१ रन बनाए। भुर्तेलले ६ चौका र ६ छक्कासहित ८१ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे। दीपेन्द्रले १२ बलमा ३१ रनको तुफानी इनिङ्स खेले भने कुशल मल्ल ४ रनमा आउट भए। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे।

टी-२० मा नेपालका अर्धशतकधारी

  • कुशल भुर्तेल: ११ अर्धशतक
  • दीपेन्द्र सिंह ऐरी: १० अर्धशतक
  • आसिफ शेख: ७ अर्धशतक
  • रोहित पौडेल: ७ अर्धशतक
  • पारस खड्का र कुशल मल्ल: समान ५ अर्धशतक

सिरिजको अवस्था

नेपालले यसअघि कतारलाई ८ विकेटले हराएको थियो। अब लिगको अन्तिम खेलमा नेपालले शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। लगातार दुई जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। भुर्तेलको यो फर्म र टिमको प्रदर्शनले नेपाली क्रिकेटप्रेमीमा उत्साह थपेको छ।

२८ चैत्र २०८१, शुक्रबार १७:२२

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio