७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ जनताको भडास ३ महिने शिशु लिएर भाग्दै गरेकी २० वर्षीया युवती पक्राउ, बालिका सकुशल

३ महिने शिशु लिएर भाग्दै गरेकी २० वर्षीया युवती पक्राउ, बालिका सकुशल

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छन्। शुक्रबार बिहान चामुण्डा बिन्द्रासैनी नगरपालिका–२, लामिडाँडाको जंगलमा शिशुलाई लिएर भाग्दै गरेकी अन्दाजी २० वर्षीया युवती शर्मिला विष्टलाई प्रहरीले नियन्त्रणमा लिएपछि बालिका सकुशल भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, पक्राउ परेकी शर्मिला सिरवल गाउँकी हुन्। उनले शिशु आफूले घरबाट नलिएको दाबी गरेकी छन्, तर स्थानीय र प्रहरीले उनलाई जंगलमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएका हुन्। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटना गएराति ९ बजेतिर भएको हो। बमबहादुरको परिवारका अनुसार, घर पछाडि राखिएको खरमा आगो लगाएर षड्यन्त्रपूर्ण तरिकाले अपहरण गरिएको थियो। आगो लागेको खबर माथिल्लो घरबाट आएपछि बमबहादुर र उनकी श्रीमती आगो निभाउन गएका थिए। त्यही मौकामा अपहरणकारीले ओछ्यानमा सुतिरहेकी तीन महिने श्रीयालाई लिएर भागेका थिए। “आगो निभाएर घर फर्किंदा ओछ्यानमा छोरी थिइनन्,” बमबहादुरका दाजु दीपकले भने, “खोजी गर्दा नभेटिएपछि खरमा आगो लगाएर हामीलाई भुलाएर कोहीले अपहरण गरेको शंका लाग्यो र प्रहरीलाई खबर गर्‍यौँ।”

शुक्रबार बिहान ९ बजेतिर लामिडाँडामा एक युवती बच्चा बोकेर भाग्दै गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि तत्काल पुगेको प्रहरी टोलीले शर्मिलालाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको र अपहरणको कारणबारे खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। यो रहस्यमयी घटनाले स्थानीयमा त्रास र कौतुहलता बढाएको छ।

२८ चैत्र २०८१, शुक्रबार १७:२०

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio