७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ खेल-खल्लास आईपीएलबाट बाहिरिए गायकवाड, अब चेन्नईको कप्तानी धोनीले गर्ने

आईपीएलबाट बाहिरिए गायकवाड, अब चेन्नईको कप्तानी धोनीले गर्ने

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाड कुहिनाको हड्डी भाँचिएका कारण आईपीएल २०२५ बाट बाहिरिएका छन्। समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार, यो चोटका कारण उनको स्थानमा टिमका पूर्वकप्तान महेन्द्र सिंह (एमएस) धोनीले कप्तानी सम्हाल्ने भएका छन्। प्रशिक्षक स्टिफन फ्लेमिङले बिहीबार यो कुराको पुष्टि गरेका हुन्।

अहिलेसम्म आईपीएलमा चेन्नईले ५ खेल खेलेकोमा जम्मा १ जित हासिल गरेको छ र १० टोलीको सूचीमा नवौँ स्थानमा छ। गायकवाडको अनुपस्थितिमा धोनीले बाँकी खेलमा नेतृत्व गर्नेछन्। अब शुक्रबार (चैत २८, २०८१ / अप्रिल ११, २०२५) मा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच २५औँ खेल हुँदैछ। यो खेलमा धोनीको कप्तानीमा टिमले आफ्नो लय फर्काउने अपेक्षा गरिएको छ।

२८ चैत्र २०८१, शुक्रबार १७:२७

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio