७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ खेल-खल्लास सनराइजर्स हैदराबादले अभिषेक शर्माको शानदार शतकमा आईपीएलमा दोस्रो जित हासिल गर्‍यो

सनराइजर्स हैदराबादले अभिषेक शर्माको शानदार शतकमा आईपीएलमा दोस्रो जित हासिल गर्‍यो

द्वारा खेलकुद ब्यूरो
1 मिनेटमा पढ्नुहोस्

सनराइजर्स हैदराबादले ओपनर अभिषेक शर्माको उत्कृष्ट शतकको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आफ्नो दोस्रो जित दर्ता गरेको छ। शनिबार भएको दोस्रो खेलमा पञ्जाब किङ्सलाई ८ विकेटले पराजित गरेको हो। पञ्जाबले दिएको २४६ रनको ठूलो लक्ष्य हैदराबादले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

अभिषेकले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै ५५ बलमा १४ चौका र १० छक्कासहित १४१ रन बनाए। उनले ४० बलमै शतक पूरा गरेका थिए। अर्का ओपनर ट्राभिस हेडले ६६ रन जोडे, र यी दुईले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरे। अभिषेकले चौथो ओभरमा जीवनदान पाएका थिए, जब यश ठाकुरको बलमा क्याच आउट भए पनि उक्त बल नो-बल ठहरिएको थियो। त्यसपछि उनले थप आक्रामक ब्याटिङ गरे, र केही अन्य बलमा पनि भाग्यले साथ दिएको थियो।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किङ्सले २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनाएको थियो। कप्तान श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए, भने प्रभसिमरन सिंहले ४२ रन र मार्कस स्टोइनिस ३४ रनमा अविजित रहे। हैदराबादका लागि हर्शल पटेलले ४ विकेट लिए भने इशान मलिंगाले २ विकेट हात पारे।

यो जितसँगै ६ खेलमा ४ अंकसहित हैदराबाद अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ, भने ५ खेलमा ६ अंक भएको पञ्जाब छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: ३० चैत्र २०८१, आईतवार ११:४२

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio