प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय फर्कने चर्चा चल्नासाथ मेयर बालेन्द्र शाह (बालेन) ले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई “कुनै हालतमा छिर्न नदेऊ” भनेर आदेश दिएर आफू पाँचखालतिर हानिए। नगरप्रहरीले गेटदेखि कार्यकक्षसम्म कडा सुरक्षा लगायो, गुरागाईंको गाडीमा ह्वील लक पनि गर्यो। तर, वडाध्यक्ष नवीन मानन्धरको अगुवाइमा कर्मचारी र जनप्रतिनिधिले ताला तोडेर गुरागाईंलाई कार्यकक्षमा पुर्याए। बिहीबार उनी हाजिर गर्न सफल भए, बालेनको प्रयास फेल भयो।
यहाँ त नगरप्रहरी प्रमुख पाण्डे नै विवादमा परे। महानगर प्रहरी ऐनअनुसार उनको कमान्ड गुरागाईंसँग हुन्छ, तर उनी बालेनको मौखिक आदेशमा आफ्नै तालुकदारलाई रोक्न खटिए। उपमेयर सुनिता डंगोलले “लिखित कि मौखिक आदेश?” भनेर सोध्दा पाण्डेले “मौखिक” भनेपछि झन् ठूलो प्रश्न उठ्यो। यो कुराले उनको भूमिकालाई लिएर विवाद चर्किएको छ। अब गुरागाईंले पाण्डेमाथि कारबाही गर्न सक्छन् – छानबिन होला, ६ महिनासम्म निलम्बन पनि पर्न सक्छ।
यो गफले त बालेनको योजना उल्टिएको र पाण्डेको जागिर पनि संकटमा परेको देखायो। अब गुरागाईंले कसरी कदम चाल्छन्, त्यो हेर्न बाँकी छ!
प्रकाशित मिति:२६ चैत्र २०८१, बुधबार १८:५७