२८ मंसिर २०८२, शनिबार
गृहपृष्ठ देश खबर दुर्गा प्रसाईले भने– म पक्राउ परेँ भने राजावादी आन्दोलन सकिन्छ 

दुर्गा प्रसाईले भने– म पक्राउ परेँ भने राजावादी आन्दोलन सकिन्छ 

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले अज्ञात ठाउँबाट भिडियो सन्देश जारी गरेर भनेका छन् – “म पक्राउ परेँ भने राजावादी आन्दोलन सकिन्छ, त्यसैले भाग्नुपरेको हो।” उनले पेरुको उदाहरण दिँदै त्यहाँ गोञ्जालो पक्राउ परेपछि आन्दोलन टुंगिएको कुरा उल्लेख गरे र नेपालमा पनि त्यस्तै हुने ठोकुवा गरेका छन्।

प्रसाईं फरार भए पनि नेपालमै कतै लुकेको दाबी गर्छन् र मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार रहेको बताएका छन्। तीनकुनेको त्यो प्रदर्शनपछि प्रहरीले उनलाई खोजिरहेको छ, तर अहिलेसम्म हात लाग्यो शून्य छ। यो भिडियो सन्देशले त उनको रणनीति र आन्दोलनको भविष्यबारे ठूलै प्रश्न उठाएको छ। अब प्रहरीले पक्राउ गर्ला कि उनी आफैँ बाहिर आउलान्, हेर्न बाँकी छ!

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार १९:१३

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio