७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ देश खबर रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढक्ढक्याएको छ। आज बिहान कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू आयोगको कार्यालय पुगेर लामिछानेको मानव अधिकार रक्षाको माग गरेका छन्।

चैत २२ मा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने भने पनि उच्चले त्यो बदर गरेपछि सोही रात प्रहरीले काठमाडौंको निवासबाट उनलाई पक्राउ गरेको थियो। शनिबार बिदा परेकाले दुई रात हिरासतमा राखेर चैत २३ मा भैरहवा कारागार चलान गरियो।

रास्वपाको गुनासो छ – पक्राउ पुर्जीविना नियन्त्रणमा लिइयो, प्रहरीले हदैसम्मको ज्यादती गर्‍यो। यो कुराले त रास्वपाको आक्रोश छचल्किएको देखिन्छ। अब आयोगले के गर्ला, यो गफ कता मोडिन्छ, हेर्दै जाऔँ!

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार १३:२०

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio